झापा । 

रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा  मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा छ ।

  आज झापासहित मदेश र प्रदेशका जिल्लाहरुमा होली मनाइँदै छ ।सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।

  पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज अर्थात शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  जिल्ला प्रहरी कार्यालयले झापाले होलीमा अप्रिय घटना हुन नदिन सुरक्षालाई सशक्त बनाइएको जनाएको छ । 

अनुमति बिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।