झापा ।  

झापा शिवसताक्षी नगरपालिका –७ मा आगलागी भएको छ । सोही स्थान बस्ने ९० बर्षिया धनमाया राईको बासको बेरा टिनको छानोले बनेको १ तले कच्ची घरमा आगलागी भएको हो । 

आज (बुधवार) ३ बजेको समयमा घरको छेउमा सुंगुरको चारो पकाउन बालेको आगोबाट अचानक आगलागी हुदा उक्त घरभित्र रहेको  खाट, टेवल, खाद्यान्न सामान, लत्ता कपडा, कागजपत्र र नगद १३ सहित घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट  चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानियबासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा ४ः०५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।