सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले महिलाहरुलाई धमाधम स्वरोजगार बन्ने तालिम दिदै आएको पाईएको छ ।कनकाई–१ ले विभिन्न समयमा वडाका ९ वटै टोलका सबै महिला समुहहरुलाई सहभागी गराई छुट्टाछुट्टै तालीम दिई स्वरोजगारसहित आत्मनिर्भर बनाउदै आएको पाइएकोे हो ।

केही समय अघि सहजीकरण महिला समुहको आयोजनामा  पोते जुरा मालालगायत सीप सिकाएको थियोे भने वडाका एकल महिलाहरूको नेतृत्वमा फिनेल, लिक्युट र धुप बनाउने सीप सिकाएको थियो। त्यस्तै केही समय अघि १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम समेत सिकाएको थियोे भने गत २५, २६ र आज २७ गते शान्ति महिला समुहको आयोजनामा तीन दिने साबन, झोल साबन बनाउने तालिम सम्पन्न गराएको छ । 

दुर्गापुर स्थित सामुदायिक भवनमा ‘सीप सिकौं अर्थो पार्जन गरौं’ भन्ने मुल नाराका साथ वडाका शान्ति महिलाको आयोजना वडाको आर्थिक सहयोगमा ३ दिने साबन, झोल साबन बनाउने तालिम आज मंगलबार सम्पन्न गरेको छ । आयोजक संस्था शान्ति महिला समुहकी अध्यक्ष इन्दिरा खनाल (अधिकारी) को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुशीलकुमार  पोखरेल  रहेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको अझ धेरै ब्यस्थापन गर्दै पहिलो प्राथमिकतामा राख्ने विश्वास दिलाए । प्रमुख अतिथि पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको जानकारी दिए ।

उनले वडामा प्रत्येक वर्षको बजेटमा महिलाहरूलाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताए । तालीममा वडा भित्र रहेका ९ वटा टोलका  ३५ जना महिलाहरुले अवसर पाएको वडा सदस्य निर्मला खड्काले जानकारी दिइन्  । तालिम प्राप्त गर्ने अवसर उपलब्ध गराएकोमा वडालाई धन्यवाद दिदै प्रशिक्षार्थी तारा भण्डारी गङ्गा  कार्की, आश्मा खरेललगायतले धन्यवाद ब्यक्त गरे ।  

यता आयोजक संस्था शान्ति महिला समुहकी अध्यक्ष तथा कार्यक्रमकी सभापति  अधिकारीले सिकेको सिपलाई सहि सदुपयोग गर्दै स्वरोजगार बन्न  सुझाव दिएकी थिइन् ।  तीन दिवसीय  तालीमको समापन कार्यक्रममा वडा सदस्य हरिकुमार राई, दलबहादुर थापा, वडा सचीव सदिक्षा निरौला, कर्मचारी निर्मला बानिया, वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्य रहेको थियोे । 

आयोजक संस्था शान्ति महिला समुहकी उपाध्यक्ष शुस्मा भट्टराईले औचित्यसहित  स्वागत  गरेको कार्यक्रमको  सञ्चालन आयोजक संस्थाकी सचीव पुजन बास्तोलाले गरेकी थिइन् ।