उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–८ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आइतवार दिउँसो प्र.१–०५–००१ प ८३५९ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ६५ बर्षीया टिका माया कार्कीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।  ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ बर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । 

 घटना सम्बन्धमा थप अनुन्धान भइरहेको  कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।