झापा ।
झापाको भद्रपुर नगरपालिका–५ मेचिबिटबाट लागूऔषधसहित दुई जना पैदल यात्री पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री मेचीनगर नगरपालिका–१० हिमालयटोलका अन्दाजी २६ बर्षिय प्रकाश यादव र मेचीनगर–१० शान्तिचोकका अन्दाजी ३२ बर्षिय साकिर महमदलाई चेकजाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचिबिटबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई आइतवार दिउँसो १२ः४० बजेको समयमा पक्राउ गरेको हो ।
मलद्वार भित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम २ मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनाको अनुसन्धान तथा कानुनी कार्बाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।