बिर्तामोड ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई उद्घोषण तथा माइन्युट लेखन सम्बन्धि तालिम दिइएको थियो । कार्यक्रमलाई भवानी दंगाल र केशव भट्टराईले सहजीकरण गरेका थिए । दंगालले माइन्युट लेखन र भट्टराईले उद्घोषणसम्बन्धि कला सिकाएका थिए ।
अनेमसंघ क्रान्तिकारी झापाकी अध्यक्ष तारा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश सहइञ्चार्ज अजम्बर काम्बाङ, झापा इञ्चार्ज रञ्जित तामाङ, केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने ९सरु० लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम समुन्द्रा लामाले सञ्चालन गरेकी थिइन् ।