बिराटनगर।
झापा, मोरङ र उदयपुरबाट लागू औषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ का २४ बर्षीय राजन राईलाई बुधवार इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्रामाडोल २०० क्याप्सुल र स्पासरेष्ट १६० ट्याब्लेटसहित उनकै घरबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का २० बर्षीय आकाश कंडेललाई ट्रमाडोल र स्पासपेन गरी जम्मा १४० चक्कीसहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको दमक नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय दमकले चेकजाँचको क्रममा प्र–१–०१–००२ ह ६६०५ नम्बरको सिटी सफारी चालक सुनसरी हरीनगरा गाउँपालिका घर भई हाल कमल गाउँपालिका–६ स्थित बस्दै आऐका २६ बर्षीय राम कुमार महतो र सफारीमा सवार दमक–१ का १९ बर्षीय बिधान तामाङलाई ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ७० चक्की सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका–६ बाट स्थानीय १९ बर्षीय सन्जिब राई र १८ बर्षीय अनिल राईलाई ट्रामाडोल ८९ क्याप्सुल र स्पास्पेन ८९ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।