सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–१ मा एक महिने  जुनियर डिप्लोमा मन्टेश्वरी तालिम सम्पन्न भएको छ।  कनकाई नगरपालिका  वडा न १ दुर्गापुरमा सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई–१ को आर्थिक सहयोगमा गत   माघ २१ गतेदेखि फागुन २० गतेसम्म चलेको सञ्तालन भएको तालिम सम्पन्न भएको हो।

संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुस्पा भट्टराई (कडेल) को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए । प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु नगरमा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाएका छन् ।

उनले एक महिनासम्म सिकेको सिपलाई सकेसम्म नगरमै रहेका विद्यालयहरूसँग समन्वय गरि प्राक्टिकल रुपमा नानी बाबुहरुसँगै गएर अझ तालीम लिएको भए अझ बुज्न बुजाउन सहज हुने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले  शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिए । नगर प्रमुख पोखरेलले चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य  र कृषिका साथसाथै महिला, युवा तथा बालबालिका लक्षित बजेट बिनियोजन गरि निरन्तर कामहरु गरिरहेको समेत जानकारी गराएका थिए । 

 कार्यक्रममा विशिष्ठ  अतिथि उप–प्रमुख आशाशर्मा शिवाकोटी, वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, प्यावसनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद उप्रेती, हाम्रो पाठशाला विद्यालयका संचालक अखिलकुमार कोईरालालगायतले  सुरुवाती चरणमा लिने शिक्षा यस्ता तालीम कोसेढुङ्गा सावित हुने बताएका थिए । 

वडा अध्यक्ष पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको बताएका छन् । तालीममा वडा भित्र रहेका ९ वटा टोलका ३५ जना महिलाहरुले अवसर पाएको वडा सदस्य निर्मला खड्काले जानकारी दिइन् । एक महिने मन्टेश्वरी तालीमको प्रशिक्षण मन्टेश्वरीकी विज्ञ अनुभवी मेनुका ओलीले शहजीकरण गरेकी थिइन् । 

एक महिने मन्टेश्वरी तालीमको समापन कार्यक्रममा  वडा सदस्य हरिकुमार राई, कनकाई १ मा रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सरला दाहाल (पोखरेल, मणिङ्ग ग्लोरी अङ्ग्रेजी स्कुलका प्रिन्सिपल असोककुमार न्यौपाने,  वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको औचित्य तथा स्वागतसहित सञ्चालन आयोजक संस्थाकी सचीव लिला शिवाकोटीले गरेकी थिइन् ।