बिर्तामोड ।
प्रेस सेन्टर नेपाल झापाको पदहस्तान्तरण तथा सुखानी सन्देश विशेषांक विमोचन गरिएको छ । सेन्टरले आज (मंगलबार) बिर्तामोडमा एक समारोहका बिच केही समय अघि पुष्प खड्काको नेतृत्वमा चयन भएको समितिलाई पदहस्तान्तरणसँग पत्रकार राजु पाठकले प्रकाशन गरेको सुखानी सन्देशको दोस्रो विशेषांक विमोचन गरेको हो ।
कार्यक्रममा सेन्टरका निवर्तमान अध्यक्ष राजु पाठकले अध्यक्ष खड्कालाई माइन्यूट प्रदान गर्दै पदहस्तान्तरण गरेका थिए । सेन्टरका झापा अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सेन्टरका झापा उपाध्यक्ष सन्तोष शर्माले गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष खड्काले पारेका थिए ।
कार्यक्रममा सुखानी सन्देशको दोस्रो विशेषांक चर्चापरिचर्चा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् भने सुखानी सन्देशको प्रकाशनका बारेमा सुखानी सन्देश विशेषांकका सम्पादक चुडामणि वशिष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष बिष्णु साकोटा (जुगल), नेकपा (माओवादी केन्दं्र) का झापा इन्चार्ज रन्जित तामाङ, कोशी प्रदेश पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी (सन्देश), पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), सेन्टरका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, सेन्टरको कोशी प्रदेश अध्यक्ष राजन समिप, सुखानी सामुदायिक बन समुहका उपाध्यक्ष विपिनकुमार चौहान, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, प्रेस युनयन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।