झापा । 

झापाको भद्रपुर–५ मेची पुलबाट प्रतिबन्धित लागूऔषध र मोटरसाइकलहरुसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टा र अस्थाई प्रहरी मेचिबिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गत बिहीवार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर फेला परेको  र उक्त लागुऔषधहरु र मोटरसाइकलहरुसहित पक्राउ गरी आज झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मे १० प ५६४७ नम्बरको मोटरसाईकल चालक अर्जुनधारा–५ का २२ बर्षिय प्रेमा तामाङको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम १ मिलिग्राम फेला परेको, २. मे ४ प ५९९७ नम्बरको मोटरसाईकल चालक भद्रपुर–९ का २६ बर्षिय दिपेन्द्र खापुङ्कोको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम १३ मिलिग्राम फेला परेको, पैदल आउँदै गरेका दमक–४ का २३ बर्षिय सन्जय राईको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम २८ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।  

यसैगरी ४ मे.२.प.६४१९ नम्बरको मोटरसाइकल चालक ईलामको माई नगरपालिका–१ का २६ बर्षिय रोमन श्रेष्ठ र सोही मोटरसाईकल पछाडी सवार सोही स्थानका ४६ बर्षिय कृष्णबहादुर बुढाथोकीको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ५७० मिलिग्राम फेला फेला परेको प्रहरीले जनाएको छ ।