हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नं ५ ले वडाको सिलिङ बजेट र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीबाट कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ । वडाको आव ०८१/८२ को सिलिङ कुल ९ लाख र कृषकहरुको ९ लाख रुपैयाँ साझेदारीमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।
वडाले कृषि सामाग्री मार्फत सिचाई मोटर ३९ घरलाई, चाप कटर ६ घरलाई, मकै छोडाउने मेसिन ५ थान, विल ब्यारो ४४ थान , विधुतिय स्प्रे ट्यान्की ४० घरलाई र मकै गोड्ने हलो २४ घरलाई बिना कुनै रकम (बिना कुनै लागत) वितरण गरेको हो ।
वडा नं ५ को वडा कार्यलयमा सम्पन्न भएको उक्त कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खड्ग लावतीले उक्त कृषि सामाग्री वितरण कार्यक्रम गर्न पाउँदा खुसी लागेको र उक्त कार्यक्रमले कृषकहरुलाई कृषि कार्यमा टेवा पुग्ने र भविष्यमा पनि येस्तै कार्य निरन्तर चल्ने पनि जानकारी दिएका थिए ।
कार्यक्रममा वडा सदस्यहरू सुष्मा महरा, बिजय फागो, जिवन कन्दङवा, शिवमाया मगर लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव भजन संग्रौलाले गरेका थिए।