लक्ष्मीपुर ।
दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा देवराज बुढाथोकी निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको शनिवार घोषणा भएको मत परिणाम अनुसार बुढाथाकेी भारी मतान्तरले बिजयी बनेका हुन् ।
अध्यक्षमा चार जनाले उम्मेद्वारी दिएका थिए । बुढाथोकीले १००२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी इन्द्रमणि पौडेलले ५८६ मत, अर्का अध्यक्ष पदका उम्मेद्वार खगेन्द्र सुब्वाले ५१३ मत ल्याउँदा गोकर्ण कार्कीले २१९ मत ल्याएका थिए । बुढाथोकीलाई नेकपा एमाले र पौडेललाई नेपाली कांग्रेसको समर्थन थियो । यसैगरी सुब्वा र कार्कीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका थिए । उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दिएका थिए ।
जसमा रुद्रबहादुर खत्री १०५९ मत ल्याएर बिजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दी बिशेष तामाङले ९५८ मत ल्याए भने बुद्धिसागर कट्टेलले १८६ मत ल्याएका छन् । सचिवमा चन्द्रकुमारी बुढाथोकी बिजयी भएकी छन् । उनकी निकतम प्रतिद्धन्दी निरामाया तामाङले ९६७ मत ल्याएकी थिइन् ।
यसैगरी सह–सचिवमा सरिता राई बिजयी बनेकी छिन् । राईले १०४७ मत ल्याउँदा उनका निकतम प्रतिद्धन्दी सिताराम पराजुलीले ९५६ मत ल्याए भने कोषाध्यक्षमा एनिसा बस्नेत निर्वाचित भएकी छिन् । उनले १०९३ मत ल्याउँदा निकतम प्रतिद्धन्दी सरस्वती लम्सालले ८५६ मत ल्याएकी छिन् ।
त्यस्तै सदस्यमा सदस्यमा क्षेत्र नं. १ बाट ११५ मत ल्याएर रुद्र बस्नेत, क्षेत्र नं. २ बाट २९९ मत ल्याएर रमण बस्नेत, क्षेत्र नं. ३ बाट २५२ मत ल्याएर सिता गौतम भट्टराई, क्षेत्र नं. ४ बाट तीला बिष्ट २६६ र चन्द्रबहादुर तामाङ २७७ ल्याएर र क्षेत्र नं. ५ बाट गोपाल डाँगी २९० मत ल्याएर निर्वाचित भएका छन् ।
लेखा समिति संयोजकमा १०५२ ल्याएर पुष्प घले निर्वाचित भएका निर्वाचन समिति सदस्य सचिव युवराज खड्काले जानकारी दिए । ३० वटा टोल अन्तरगत ५ वटा क्षेत्र तोकिएको निर्वाचन पाँच स्थानमा भएको थियो । समुहमा तीन हजार चार सय ९२ मतदाता रहेकोमा २७५३ मत खसेको थियो ।
तीन बर्षे कार्यकालका भएको निर्वाचनमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका थिए । १५ सदस्यीय पदाधिकारी तथा कार्यसमिति सदस्य रहने समुहको समितिमा क्षेत्र नं. १ बाट जनजाती महिला कोटाबाट सपना लिम्बु, क्षेत्र नं. २ बाट दलित महिला सदस्य कोटाबाट पुष्पा शिवा, क्षेत्र नं. ३ बाट खुल्ला सदस्य कोटाबाट लीला कटुवाल र क्षेत्र नं. ५ आदिवासी महिला कोटाबाट नेमुवति राजवंशी सर्वसम्मत निर्वाचित भएका निर्वाचन समिति संयोजक छविलाल लम्सालले जानकारी दिए ।