सुरुङ्गा ।
सप्दाह गृहको भवन निर्माणका लागि कनकाई नगरको तर्फबाट तत्काल काम शुरु गरिने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । कनकाई–४ कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाट संस्थाको नव निर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख पोखरेलले सो कुरा बताएका हुन् ।
उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट भवन निर्माण गर्नका लागि केही रकम छुट्टीएको र स्थानीय सरकारबाट पनि जति सक्दो सहयोग गरेर काम अगाडी बढाउने प्रतिवद्वता जनाएका छन् । उनले सुरुवाती चरणमा काम गर्ने क्रममा असहज नभएपनि त्यसलाई निरन्तरता दिनुसक्नु आवश्यक रहेको बताए । उनले पानीको समस्या समाधान गर्न सिचाई बोरिङ (मोटर )को प्रयोग गरेर व्यवस्थित ट्याङ्की निर्माण गरेर सहजता प्रदान गर्ने बताए । अर्को फरक प्रसङ्गमा नगर प्रमुख पोखरेलले कनकाई घाट तथा कनकाई धार्मिक सस्था एकै भएर अगाडी बढे विकास निर्माणदेखि हरेक कुरामा सहजता हुने समेत बताएका थिए ।
शनिबार कनकाई ४ स्थित कर्मयोग भवनको सभाहलमा भएको पद हस्तान्तरणमा पहिलो चरणको कार्यक्रमको अध्यक्षता वेद प्रकाश अग्रवाल गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव नारायण प्रसाद ओलीले गरेका थिए ।
त्यस्तै दोश्रो चरणको पद हस्तान्तरण कार्यक्रममा निर्वाचन समितिका संयोजक तीर्थराज खरेलको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उप–प्रमुख आशाशर्मा शिवाकोटी, संस्थापक अध्यक्ष प्रभाकर कडरिया, निर्वाचन समितिका पदाधिकारी सोमनाथ उप्रेती, भवानीप्रसाद लुईटेललगायतले पद हस्तान्तरण गराएका थिए ।
संस्थाको १० औं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अघिल्लो समितिमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका खेमनाथ मिश्र अध्यक्षमासहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएका थिऐ । संस्थाको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम मैनाली, उपाध्यक्षमा खेमराज कार्की, महासचिवमा गोपाल खरेल, सचिवमा टिकाप्रसाद जम्मरकट्टेल र कोषाध्यक्षमा अम्बिका खरेल चयन भएका छन् ।
यसैगरी सदस्यमा राधिका कडरिया, भरतकुमार ढकाल, दयानन्द वंशल, नरेन्द्र प्रसाद फुयाल, चन्द्र मैनाली( भतिज ), डम्बरबहादुर बस्नेत, भगवती कटुवाल, टिकाराम बराल, बृहस्पति पाण्डे, रमेश सेडाई र सरोज मैनाली सर्वसम्मत चयन भएका थिए ।
संस्थाको लेखा समिति संयोजकमा डम्बरप्रसाद फुयाल र सदस्यमा भिष्म मैनाली र डिल्लिराम पाठकले समेत सपथ लिएका थिए । कार्यक्रममा उप–प्रमुख आशाशर्मा शिवाकोटी संस्थापक अध्यक्ष प्रभाकर कडरिया, कनकाई धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडा, सस्थापक सचीव मदनकुमार सुब्बा, सुरेश कुमार अग्रवाल ( भद्रपुरे), पूर्व उपाध्यक्ष युवाराज संङ्ग्रौला, नेपाली कांग्रेस सभापति दुर्गा प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कनकाई–४ का अध्यक्ष रोषन सुवेदी, कनकाई–३ का वडा सदस्य अनिल गोयल, एमाले नगर अध्यक्ष गोकर्ण ओझा, माओवादी नगर यामनाथ सेडाई, सल्लाहकार डा.पुन्यप्रसाद पौडेल, नगर अस्पतालका अध्यक्ष रविन्द्र लम्साल लगायतको आतिथ्यता रहेकोे थियोे ।
संस्थामा संस्थापक सदस्य, आजीवन सदस्य, विशिष्ट सदस्य, संरक्षक सदस्य एवम् विशिष्ट संरक्षक समेत गरेर १ हजार १ सय ६१ जना सदस्य रहेका थिए । दोस्रो चरणको कार्यक्रमको सन्चालन निर्वाचन समितिका सदस्य सोमनाथ उप्रेतीले गरेका थिए ।