झापा ।
झापाको भद्रपुर नगरपालिका–३ बाट लागू औषध ब्राउन सुगरसहित गएराति दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी महेशपुर र सशस्त्र प्रहरी बल नेपाल महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोली गएराति ९ः३० बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्रउा पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–३ का २७ बर्षिय हिरालाल बि.क.र सोही स्कुटरमा पछाडी सवार तनहुँ भानु नगरपालिका–१२ का २४ बर्षिय सुदिप बि.क. छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बा ९० प १६७५ नम्बरको स्कुटर चालक हिरालाल र सोही स्कुटरमा पछाडी सवार सुदिपलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर फोला परेको थियो ।
उनीहरुको साथबाट प्लाष्टिक बाहेक २८९ ग्राम ७०० मिलिग्राम फेला परेकोले उक्त लागूऔषध र स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















