शनिश्चरे । 

झापा अर्जुनधारा प्रेस क्लबले साधारणसभा सम्पन्न भएको छ । आज (शनिवार) क्लबका अध्यक्ष रमेश समदर्शी राईको अध्यक्षतामा शनिश्चरेमा भएको साधारणसभामा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष राईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष राईको प्रतिवेदन अनुसार समाचार सकलन पहिचान सम्प्रेषण र प्रकाशनमा प्रभावकारिता सम्बन्धि तालीम, शिक्षा पत्रकारिता पुरस्कार, पत्रकारहरुको क्षमता बिकास तालीम, भवनका लागि जग्गादाताको खोजी गरी जग्गा प्राप्त एवम् भवन निर्माण कार्य शुरु, स्वास्थ्य उपचारका लागि सदस्यहरुलाइ सहयोग आदि मुख्य कार्य सम्पन्न भएको छ । 

कार्यक्रमका बिशिष्ठ अतिथि तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जाल र आम सञ्चारको पहिचान गर्नु पर्नेमा जोड दिए । उनले सामाजिक सञ्चाल र आमसञ्चार फरक बिषय भएकोले आमसञ्चार माध्यमले दिने समाचार र सूचना आधिकारिक हुने बताए । उनले स्थानीय तहहरुले स्थानीय सञ्चार माध्यमहरुलाई सहयोग गर्नु पर्नेमा जोड दिदै पत्रकारको स्वास्थ्य बिमासहितका साथ र सहयोग गर्नु पर्ने बताएका छन् । उनले ब्यवसायी र खोज पत्रकारिताका लागि आवश्यक तालीम र सहयोग पनि आग्रह गरेका छन् । 

कार्यक्रममा अर्जुनधारा प्रेस क्लबले नगरको गतिविधिमा अलि सक्रियता देखाउन र राम्रो या सुधार गर्नु पर्ने कार्यको समाचार सम्प्रेषण तथा सुझाव दिन आग्रह नगर प्रमुख बलदेवले आग्रह गरेका छन् । उनले क्लबको भवन निर्माण र स्थानीय सन्चारकर्मिहरुको वृत्ति बिकासका लागि नगरले बजेटको ब्यवस्थापन गर्ने  आश्वसनसमेत दिएका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाको कार्य समितिमा  निर्वाचित अध्यक्ष एकराज गिरी, सह–सचिब तिलक योन्जन र सदस्य इन्द्र राईलाई सम्मान गरिएको थियो । स्वागत क्लवका सदस्य तीलक योन्जनले गरेको कार्यक्रमको सञ्चालन सचिब नरेश खातीले  गरेका थिए ।