बिर्तामोड ।

 श्री श्री ठाकुर अनुकूलचन्द्रको १३७ औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव झापाको बिर्तामोडमा हुने भएको छ । सत्संग नेपालको आयोजना तथा सत्संग मन्दिर बैशावाडी अर्जुनधारा–५ को संयोजनमा फागुन १७ गते शनिवार बिर्तामोड जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव हुने भएको हो ।

दोस्रो राष्ट्रिय उत्सवमा देश तथा बिदेशका गरी दुई हजार भक्तजनलाई बस्न र खानका लागि बुकिङ गरिएको र करिब तीन हजारभन्दा बढी आउने सम्भावना रहेको आज (बिहीवार) बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

राष्ट्रिय उत्सवमा सहभागी हुने भक्तजनहरुको खाना र बस्नको प्रवन्ध मिलाइसकिएको सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलालले जानकारी दिए । उनले धार्मिक कार्यक्रमका माध्यमबाट सहिष्णुता भाइचारा, बन्धुत्व कायम राख्न राष्ट्रिय उत्सव सफल हुने विश्वास ब्यक्त गरे । २ बर्षअघि प्रथम राष्ट्रिय उत्सव बिरगञ्जमा भएको भन्दै दोस्रो राष्ट्रिय उत्सव झापामा भब्य रुपमा सम्पन्न हुने उनले दावी गरे । २०४२ सालमा बिराटनगर र झापाको बैशावाडीमा ठाकुर मन्दिर स्थापना भएको भन्दै उनले देशभर २० वटा केन्द्रहरु रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

सम्मेलन कार्यक्रमका संयोजक सुमन शर्मा जमरकट्टेलले भोलि शुक्रवार बेलुकी ४ बजे संगीतसभा र सामूहिक सन्ध्यााकालिन, बिन्ति प्राथनासहित बिभिन्न कार्यक्रम हुने बताए । उनका अनुसार शनिवार बिहान बेदमांगलिकी पाठ, उषाकिर्तन, सामुहिक प्रातकालीन बिन्ति प्राथना एवं गन्थ्रादि पाठ, शोभायात्रा, धर्मसभा, मातृ सम्मेलन, संगीतसभा, सामुहिक सन्ध्याकालिन, बिन्ति प्राथनालगायतका कार्यक्रमहरु तय गरिएको छ । शेभायात्रा शनिवार बिहान ९ बजेबाट शुरु हुने र सभामा सयौंको संख्यामा सहभागीता रहने कार्यक्रम संयोजक कट्टेलले बताएका छन् ।

राष्ट्रिय उत्सवमा लाखें नृत्य, बिभिन्न झाँकी, चण्डी नाचलगायत धार्मिक तथा सांस्कृति प्रवचन तथा कार्यक्रम हुने संयोजक कट्टेल बताए । उत्सवम सामुहिक रक्तदान कार्यक्रमसमेत राखिएको राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेतले बताए । उत्सवमा देश तथा बिदेशबाट ३० हजारभन्दा धेरै भक्तजनको सहभागिता रहने बताइएको छ ।