शिवसताक्षी ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मा नवनिर्मित सत्संग भवनको उद्घाटन तथा हस्तान्तरण भव्य समारोहका बीच सम्पन्न भएको छ ।  महाशिवरात्रीको अवसर पारेर सामाजिक सेवामा समर्पित तुलसा देवी ओलीद्वारा निर्माण गरिएको उक्त भवन नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) र उपप्रमुख नरमाया कार्कीको उपस्थितिमा ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल चिल्लागढधाम व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

६८ वर्षीया तुलसा देवी ओलीले आफ्ना श्रीमान् यज्ञराज ओली ९गोपाल० को प्रेरणामा करिब ७ लाख रुपैयाँ खर्चेर १०० जना भक्तजन अट्न सक्ने उक्त भवन निर्माण गरेकी हुन् । ३० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको हलमा धार्मिक तथा सामाजिक कार्यक्रमहरू सहज रूपमा गर्न सकिने स्थानीयवासीले बताए ।

कार्यक्रममा नगर प्रमुख थोप्राले ओलीद्वारा गरिएको योगदानको प्रशंसा गर्दै सामाजिक सेवामा नागरिकको सहभागिता महत्त्वपूर्ण हुने बताए । उनले भने, “यस्ता कामले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न यो भवन उपयोगी हुने विश्वास लिएको छु ।“

उक्त अवसरमा उपप्रमुख नरमाया कार्कीले सामाजिक सेवामा तुलसा देवी ओलीको योगदान अतुलनीय रहेको बताइन् । उनले भनिन्, “समाज परिवर्तनका लागि उहाँले पु¥याउनु भएको योगदान प्रशंसनीय छ । स्थानीय सरकार यस प्रकारका सकारात्मक कार्यमा सधैं सहकार्य गर्न तयार छ ।“

तुलसा देवी ओलीले यसअघि पनि समाज रूपान्तरणका लागि विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् । आफूले आर्जन गरेको आम्दानीको दशांश समाजसेवामा खर्च गर्दै आउनुभएकी ओलीले झापा भित्र र बाहिरका धार्मिक तथा पर्यटकीय स्थल, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री, खेलकुद सामग्री वितरण गर्दै आएकी छन् । 

उहाँका माइती परिवार पनि सामाजिक सेवामा सक्रिय भएकाले उहाँले त्यसै संस्कारलाई निरन्तरता दिइरहनुभएको पत्रकार विनोद सापकोटाले बताए । सापकोटाका अनुसार तुलसा देवीका माईती स्वर्गिय बेणु प्रसाद र आमा सीता देवी प्रसाई पनि धार्मिक स्वभावका हुनुहुन्थ्यो । २०१८ सालमा चौमासा पुराण लगाएर १०० गाई दान गरेका प्रसाई परिवारको प्रेरणाले सामाजिक उत्तरदायित्व अन्तर्गत निस्वार्थ सामाजिक काम गरिरहनुभएको छ ।

कार्यक्रममा नपाली कांग्रेसका नेता तथा अन्तर पार्टी समन्वय समितिका झापा संयोजक पर्शुराम ढुँगानाले भवन निर्माणप्रति खुशी व्यक्त गर्दै भने्, “यस ठाउँमा सत्संग भवन आवश्यक थियो । अब विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरू गर्न सहज हुनेछ । तुलसा आमाले देखाएको उदाहरण प्रेरणादायी छ ।“ उनले समाजमा व्यक्तिहरूले आफ्नो सामथ्र्यअनुसार योगदान गर्नुपर्छ भन्ने उदाहरण तुलसा आमाले प्रस्तुत गर्नुभएको बताए ।  यो भवनले चिल्लागढधाम क्षेत्रलाई थप पहिचान दिने ढुँगानाले बताए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । सत्संग भवन उद्घाटनपछि शिव भजन कीर्तन गर्दे नाचगान गरेका थिए । कार्यक्रममा धाम समितिका सचिव विरेन्द्र अधिकारीले स्वागत गरेका थिए भने संचालन वेदनिधि अधिकारीले गरेका थिए । तुलसाले यो भवन कान्छो देवर बद्री प्रसाद ओलीको स्मृतिमा निर्माण गरेकी हुन् । अमेरिकामा उनको विक्रम सम्वत् २०७६ साल चैत्र ६ गते अल्पायुमै निधन भएको थियो।