बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिका–११  स्थित देवनिया टोलमा रहेको उमा महेश्वर शिवालय मन्दिरले २२ औं बार्षिक साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न गरेको छ । 

मन्दिरकी अध्यक्ष रमा खवासको अध्यक्षतामा आज (बुधवार) भएको कार्यक्रममा अर्जुनधारा–११ की वडा सदस्य सुशिला गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

अधिवेशनले पुनः रमा खवासकै अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा  मनमाया केसी, सचिवमा अभिचन्द्र बाँस्कोटा, सह–सचिवमा रेखा भट्टराई र कोषाध्यक्षमा सपना योगी सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यमा निशा बाँस्कोटा, झरना खतिवडा, कल्पना भारती सर्वसम्मत चयन भएका छन् । ११ सदस्यीय कार्य समिति रहने समितिमा अन्य सदस्य कार्य समितिको बैंठकले मनोनित गर्ने बताइएको छ । 

स्वागत अभिचन्द्र बाँस्कोटाले गरेको कार्यक्रममा प्रमुख अतिथि तथा अर्जुनधारा–११ की वडा सदस्य सुशिला गिरी, सामाजिक ब्यक्तित्व जगत राना मगर, पूर्व जनप्रतिनिधि मोहन योगी, महारानीगञ्ज माबि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन लक्ष्मी योगीले गरेकी थिइन् ।