बिर्तामोड । 

नेपाल दशनामी समाज बिर्तामोड नगरपालिकाले महाशिवरात्रि पर्व तथा जग्गादाताका स्व. मानबहादुर गिरीको ५ औं स्मृति दिवस मनाएको छ । समाजले आज (बुधवार) बिर्तामोडस्थित नगर कार्यालयमा महाशिवरात्रि पर्वसँगै स्व. गिरीको ५ औं स्मृति सभा कार्यक्रम आयोजना गरेर मनाएको हो । 

कार्यक्रममा भगवान शिवजी र शंकराचार्यको तस्वीरलाई पूजा गरिएको थियो ।  साथै जग्गादाता मानबहादुर गिरीको तस्वीर फुलगुच्चा अपर्ण गर्दै उनले समाजमा पुर्याएको योगदानको उच्चमूल्याङ्कन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीले पानसमा दीपप्रज्वलन गरेर गरेका थिए । 

समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गोबिन्द बिक्रम गिरी, विशेष अतिथि तथा समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), बिशेष अतिति तथा कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि र बिशेष अतिथिहरुले समाजको झापा जिल्ला अधिवेशन चाँडो भन्दा चाँडो गर्न जोड दिएका छन् । झापाका अधिवेशन हुन बाँकि पालिकामा अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशन गर्नु पर्ने बताएका हुन् । समाजको पालिका समितिबाट प्रत्येक पालिकाको प्रतिनिधित्व हुने गरी प्रतिनिधि माग गरेर काम गर्न सक्ने क्षमतावान समिति जिल्लामा निर्माण गर्नु पर्ने बताएका छन् । 

स्वागत समाजका बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव प्रजित पुरीले गरेका थिए । 

कार्यक्रममा समाजकी कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, बिर्तामोड नगर पूर्व अध्यक्ष अर्जुन गिरी, समाजका बिर्तामोड सह–सचिव बिनोद गिरी (बद्री), कोषाध्यक्ष बिदुर गिरी, नगर सदस्य पुनम पुरी, विश्वनाथ बन, हरि गिरीलगायतको उपस्थिति रहेको थियो ।