बुट्टाबारी । 

सामाजिक ब्याक्तित्व छिरिङ्ग शेर्पाले आफ्नो जन्मोत्सव भुमिदान गरि मनाएका छन् । उधोगपति एवम् आशावादी बचत तथा ऋण सहकारी लिमिटेड मेचिनगर १३ का अध्यक्ष छिरिङ्ग शेर्पाले स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई भूमिदान गरेका हुन् । 

अभियानले दृष्टिबिहिन एवम् असहाय बृद्व बस्ने आवास निर्माणका लागि जमिन खरिद गर्न अभियानले एकधुर एक ब्यक्ति सहयोग सञ्चालन रहेको कार्यक्रम अन्तर्गत एकधुर बराबर  ७१ हजार एक सय  ५ रुपैयाँ सामाजिक अभियन्ता एवम् समाजका अध्यक्ष गणेश ढुङ्गानालाइ आफ्नो ५१ औं जन्मोत्सवमा निर्माण स्थलमै गइ शेर्पा दम्पतीले हस्तान्तरण गरेका हुन् ।

अभियानले अर्जुनधारा, बिर्तामोड, सुरुङ्गा एवम् मेचिनगरको विभिन्न स्थानबाट टुटेफुटेका सिसा, प्लास्टिक, फलामलगायत फोहोर सकलन गरि बिक्री गरि आएको संकलित रकम एवम् देश बिदेशका सहयोगी मनका धनी ब्याक्तित्वहरुले दिएको रकमले अर्जुनधारा नगरपालिका ११ स्थित देवनिया प्रगतिटोल स्थित २ कटा ७ धुर जमिन खरिद गरेको छ । तर, केही रकम अझ भुक्तानी गर्न बाँकि रहेकोले सहयोगी मनका धनिहरुले सहयोग गरिरहेको अभियन्ता डुङ्गानाले बताए । हाल आवासका लागि सकलित फोहोर बिक्री गरि आएको रकमबाट ढुङ्गा गिटि खरिद गरि सोही जमिनमा भवन निर्माण पनि थालिएको बरिष्ठ सल्लाहकार बोल प्रसाद कोइरालाले बताए । 

सामाजिक अभियन्ता ढुङ्गनाकोले आफ्नो सम्पूर्ण समय सामाजिक कार्यमा लगाएका उनले थालेको कार्य मानव सेवामा समर्पित छ  र थालेको कार्य फते गर्न सक्ने ब्याक्ती रहेकोले सहगोगी मित्रहरूले सहयोग गरिदिन अपिल गरेका छन् ।  यो कार्यलाइ वडा, नगर , प्रदेश र केन्द्र सम्म पहल गर्न सहयोग गर्ने प्रमुख अतिथि वडा अध्यक्ष खगेन्द्र इङ्गनामले बताए। 

कार्यक्रममा अतिथिहरु सामाजिक ब्याक्तित्व अस्मिता तामाङ्ग, रन्जन बस्नेत, नरबहादुर बिक, र शेर्पाकी धर्मपत्नी अन्तुकी शेर्पाले सराहनीय कार्य एवम् जन्मदिन शुभ उपलक्ष्यमा स्वास्थ्य समृद्धि र दीर्घ जिवनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।