काँकरभिट्टा ।
मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको दुईवर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो ।
२०७९ फागुन १४ गतेबाट सुरु भएको अनलाइनले तेस्रो बर्ष प्रवेश गरेको हो । अनलाइनले व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिने प्रयास गरिरहेको छ ।
सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म र संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकताका आधारमा प्रकाशन गर्दै आएको अनलाइनका सम्पादक तथा सञ्चालक अर्जुन कार्कीले बताए ।