लक्ष्मीपुर ।
दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारले प्रचारप्रसारलाई तीव्र पारेका छन् । संयुक्त प्रगति समावेशी समुहबाट अध्यक्षमा देवराज बुढाथोकीसहित चारजानले उम्मेद्वारी दिएसँगै अहिले उम्मेद्वारहरु आ–आफ्नो प्रतिवद्धताका साथ भोट माग्न उपभोक्ताका घरआँगनमा ब्यस्त छन् । बुढाथोकी समुहका पूर्व अध्यक्षसमेत हुन् । उनले सात बुँदे विकास योजनासहित उम्मेद्वारी दिएका छन् ।
आगामी २०८१ फागुन १६ गते हुने निर्वाचनमा अध्यक्ष पदमा बुढाथोकीसहित चार जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । संयुक्त लोकतान्त्रिक समवेशी समुहबाट हाल लेखा समितिका संयोजक तथा युवा इन्द्रमणि पौडेलले उम्मेद्वारी दिएका छन् । खगेन्द्र सुब्वा र गोकर्ण कार्कीले पनि उम्मेद्वारी मनोनयन दर्ता गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।
समुहको दुई कार्यकाल लेखा समितिको संयोजकमा कुशल कार्य सम्पादन गरिसकेका पौडेल नयाँ भिजन र नयाँ सोचका साथ उम्मेद्वार बनेको बताउँछन् । बुढाथोकी प्यानलबाट उपाध्यक्षमा रुद्रबहादुर (खत्री) पौडेल, सचिवमा नीरमाया तामाङ, सह–सचिवमा सिताराम पराजुली, कोषाध्यक्षमा सनिसा बस्नेतले उम्मेदे्वारी दिएका छन् ।
यसैगरी लेखा समिति संयोजकमा युवराज रिजाल, सदस्यमा क्षेत्र नं. १ बाट ज्ञानेन्द्र ढकाल (अर्जुन), क्षेत्र नं. २ बाट अम्बरबहादुर कानर्की (दिपक) क्षेत्र नं.३ बाटसितादेबी भट्टराई, क्षेत्र नं. ४ बाट लालबहादुर भारती (लक्ष्मी), महिलामा सदस्यमा तीला बिष्ट, क्षेत्र नं. ५ बाट गोपाल डाँगीले उम्मेद्वारी दिएका छन् ।


















