झापा । 

झापा गौरीगञ्ज गाउँपालिका–१ हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) १२ः५५ बजेको समयमा दुर्घटना भएको थियो । 

कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई रोडको बाँया साइडमा रहेको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ का १७ बर्षिय सूरज राजवंशीको नाक, अनुहार र टाउँकोमा चोट लागेको थियो ।

घाइते उनलाई उपचारको लागि दमक अस्पताल दमक तर्फ पठाइएकोमा २ः१५ बजे उपचारको क्रममा मृत्यू भएको चिकित्सकले घोषणा गरेका छन् ।  सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।