झापा ।
झापा अर्जुनधारा नगरपालिका–४ रातेखोलामा आज सोमवार बिहान आगलागी भएको छ । अर्जुनधारा–४ रातेखालका ६० बर्षिय लीलाबहादुर कटुवालको काठ र जस्ताको छानो भएको एक तल्ले भान्छा घरमा आगलागी भएको हो ।
आज बिहान ६ः३० बजेको समयमा आगलागीबाट भान्छा कोठा भित्र रहेको अन्नपात, भाडा वर्तन, काठपात पूर्ण रुपमा जलेर नष्ट हुँदा ७ लाख रुपैयाँ मूल्य बराबरकोे क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानियको सहयोगमा ७ः१० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।