चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिकाको १५ औ नगर सभामा पत्रकार सन्तोष शर्मा र द्रोण अधिकारी पुरस्कृत भएका छन्। भद्रपुर नगरपालिकाको आइतबार सम्पन्न १५ औ नगर सभामा नगद ३१ हजार राशीको विकास पत्रकारिता पुरस्कार र १५ हजार राशीको प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पत्रकार अधिकारी र सन्तोष शर्मा पुरस्कृत भएका हुन् ।
पत्रकारिताको क्षेत्रबाट समाज रुपान्तरणमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै पत्रकार अधिकारी र शर्मालाई नगद पुरस्कारद्वारा सम्मान गरिएको हो ।
भद्रपुर नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले सन्चालन गरेको सोही कार्यक्रममा खेलकुदका माध्यमबाट खेल जगतको गरिमा बढाउन योगदान गरेका खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी र प्रेस क्लब भद्रपुर अध्यक्ष राज बाबू शङ्करले अग्रगामी सामाजिक रुपान्तरणका लागि सबैको सकारात्मक योगदान आवश्यक रहेको बताएका थिए ।