बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाका ईन्जिनियर नरेन्द्र कुमार श्रेष्ठको सरुवा भएको छ । बिर्तामोडमा २०७८ सालदेखि काम गर्दै आएका श्रेष्ठ ईलामको चुलाचुली गाउँपालिका सरुवा भएका हुन् ।
श्रेष्ठलाई आइतबार नगरपालिकाबाट औपचारिकरुपमा विदाई गरिएको छ । उनलाई नगर उप–प्रमुख तथा कार्यवहाक मेयर नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टाराई र उप–सचिब तिलचन भण्डारीले खदा लगाएर मायाको चिनो प्रदान गरेका हुन् ।
ईन्जिनियर श्रेष्ठ पाथिभरा याङबरक गाउँपालिका ताप्लेजुङबाट बिर्तामोड आएका थिए। विदाई कार्यक्रममा नगरका सबै शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।