बिर्तामोड ।
प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गरेकी छन् ।
नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गरेकी हुन् । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गरेकी छिन ।
पत्रकार उपचार सहयोग कोषको संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले सामाजिक एव् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सहयोग रकम घोषणा गरेकी थिइन् ।