झापा । 

झापा बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तिस्थित दामा खोलामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–३ घर भई हाल बुद्वशान्ति गाउँपालिका–१ दामा खोला झोलुङगेपुल निर्माण उपभोक्ता समितिको कामदारका रुपमा कार्य गर्दै आएका अन्दाजी २० बर्षिय सुशिल लिम्बुको करेन्ट लागेर मृत्यु भएको हो । 

शनिवार राति १० बजेको समयमा लिम्बु बस्ने छाप्राबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।

घाइते लिम्बुलाई उपचारको लागि बीएण्सी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा गएराति १०ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।