झापा ।
झापा बुद्धशान्ति गाउँपालिका–२ खतिवडा चौकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज (शनिवार) दिनको ३ बजेको समयमा जयपुर शनिश्चरे सडक खण्डमा मे.९ प. ७४८२ नम्बरको मोटरसाईकलले पैदल यात्री ७५ बर्षिया इन्द्रमाया कार्कीलाई ठक्कर दिई टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी थिइन् ।
घाईते उनलाई बीएण्डसी अस्पताल बिर्तामोड झापा पठाएकोमा अस्पताल पुर्याउना साथ ३ ः५० बजे चिकित्सकले मृत्यू भइसकेको भनि घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडी सवार बुद्धशान्ति–७ का २४ बर्षिय रविन गड्तौलाको हात खुट्टामा चोट लागेर सिटि अस्पताल बुधबारे झापामा उपचार भइरहेको छ ।
साथै इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक ईलाम सुर्योदय नगरपालिका–१० का २१ बर्षिय भुवन न्यौपानेलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।