झापा ।

मोरङको उर्लाबारी–७ मा ट्याक्टरको ठक्करबाट एकजना झापालीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे छ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि सवार झापा कमल गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय तारा नारायण श्रेष्ठको मृत्यु भएको हो। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारीको अरनिको अस्पताल नजिक को १ त ६७८८ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको स्थानीय अरनीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए । 

प्रहरी निरीक्षक यादवका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर फर्किएका छन्।