काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिका वडा नं.१५ ग्वाल बस्तीमा अवस्थित मेची प्राथमिक विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नंं.२ र उज्यालो चारपाने बाल क्लबको आयोजनामा विद्यालयको कपडा, किताब, कपी, कलम, मन्टेश्वरीका बालबालिकाका लागि खेलौना प्रदान गरिएको थियो ।
मेची पारिको गाउँ भनेर परिचित स्थानमा रहेको विद्यालयमा बिर्तामोड–५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले व्यवस्थापन गरेको शैक्षिक सामग्री विद्यालयका शिक्षक पवित्रा पौडेलले प्रदान गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमल यादवको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नंं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।
बालबालिका तथा शिक्षा सञ्चार मञ्च, न्युटन्स एजुकेशन एकेडेमी र लिङ्कन मन्टेश्वरीको व्यवस्थापनमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, शिक्षा अधिकृत सुनिता भट्टराई, मेचीनगर प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेल, उज्यालो चारपाने बाल क्लबका अध्यक्ष एलिजा भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भटटराई, विद्यालयका पूर्व प्रधानाध्यापक युवराज ढकाल, लिङ्कन मन्टेश्वरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, बिर्तामोड–२ भित्र रहेका आठ वटा सामुदायिक तथा संस्थागत विद्यालयका बाल क्लबका पदाधिकारीहरु, न्युटन्स एजुकेशनका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष किशोरकुमार पौडेल, नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिकाको रचनात्मक कार्यमा भूगोल नहेरी काम गर्न आग्रह गरे।
सोही अवसरमा विद्यालय नजिकै रहेको जंगे पिल्लरको समेत अवलोकन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले रहेका थिए ।