बिर्तामोड । 

झापा बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले बिभिन्न संघ/संगठनको सहयोगमा छैटौं रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । 

संस्थाले आज (बिहीवार) नेपाल चलचित्र पत्रकार संघ झापा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र झापा ब्लड डोनर सोसाईटीको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । हाल रगतको कमीलाई केही हदसम्म भएपनि न्यूनिकरण साथै सहकारीका अध्यक्ष नविन खरेलको जन्मोत्सको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको बताइएको छ । 

सहकारी संस्थाका अध्यक्ष नविन खरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत कार्यक्रम संयोजक बिष्णु आचार्यले गरेको कार्यक्रममा रेडक्रस उपशाखा बिर्तामोडका सभापति मनोज अग्रवाल, चलचित्र पत्रकार संघका अध्यक्ष रमेश तिवारी, बोष्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल, सामाजिक ब्यक्तित्व निर्मल खत्रीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव लक्ष्मीप्रसाद खरेलले गरेका थिए ।