लक्ष्मीपुर । 

अगामी २०८१ फागुन १६ गते हुने दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा चार जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । 

हाल लेखा समितिका संयोजक तथा युवा इन्द्रमणि पौडेलले संयुक्त लोकतान्त्रिक समावेशी समुह प्यानल खडा गरी उम्मेद्वारी दिएका छन् । समुहको दुई कार्यकाल लेखा समितिको संयोजकमा कुशल कार्य सम्पादन गरिसकेका पौडेल नयाँ भिजन र नयाँ सोचका साथ उम्मेद्वार बनेका हुन् ।  

बनको दिगो विकासका लागि संरक्षण र सम्वर्धन कार्यमा जोड दिने भिजनका साथ पौडेलले अध्यक्षको उम्मेद्वारी दिएको बताएका छन् । यस्तै धरधरे चुरेक्षेत्र नियन्त्रणका लागि तटबन्धनको उचित ब्यवस्थापन गरिने, चोरी तस्करी नियन्त्रणका लागि दीर्घकालीन रणनीति योजना तयार गरी कार्यन्वयन गरिने, चोरी शिकारी नियन्त्रणका लागि सुरक्षा निकाय, छिमेकी बन समुहसँग समन्वय गरी नियन्त्रण गरिने, समुहको बिकृति बिसङ्गतिहरुलाई निरुत्साहित गर्ने लगायत योजनासहित पौडेलले उम्मेद्वारी दिएको बताउँछन् । 

उक्त प्यानलबाट अध्यक्षमा पौडेल, उपाध्यक्षमा बिशेष तामाङ, सचिवमा चन्द्रकुमारी बुढाथोकी (गिता), सह–सचिवमा सरिता राई, कोषाध्यक्षमा सरस्वती लम्सालले उम्मेदे्वारी दिएका छन् । यसैगरी सदस्यमा क्षेत्र नं. १ बाट इन्द्र आङ्देम्बे, क्षेत्र नं. २ बाट रमण बस्नेत, क्षेत्र नं.३ बाट लीलाबहादुर कटुवाल, महिलामा कमला दनुवार, क्षेत्र नं. ४ बाट चन्द्रकहादुर तामाङ (हरि) महिलामा रिता गिरी पुरी, क्षेत्र नं. ५ बाट गोपाल बस्नेत र महिलामा मेनुवाती राजबंशीले उम्मेद्वारी दिएका छन् । 

यता अन्य अध्यक्ष पदका लागि देबराज बुढाथोकी, खगेन्द्र सुब्वा र गोकर्ण कार्कीले पनि उम्मेद्वारी मनोनयन दर्ता गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।