• सुदिप गिरी 

हल्दीबारी । 

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूलगायत कर्मचारीहरूसहितको टोलिले हल्दीबारी गाउँपालिकाको स्थलगत भ्रमण अध्ययन अबलोकन गरेको छ। 

सोमबार उक्त भ्रमण टोलिलाई हल्दीबारी गाउँपालिकामा एक औपचारिक कार्यक्रमसहित स्वागत गरिएको थियो। भ्रमण टोलीमा सर्केगाड गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो । 

सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, उपाध्यक्ष देबकी तिम्सिनालगायत वडा अध्यक्षहरू, वडा सदस्य, विभिन्न  शाखाका शाखा प्रमुखहरू लगायत कर्मचारीहरूको ठुलो टोलि आएका थिए । 

टोलिलाई पालिकामा हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबि मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) शाखा प्रमुखहरू तथा बडा अध्यक्षहरू, वडा सचिबहरूलगायत जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

भ्रमण प्रतिनिधि मण्डललाई हल्दीबारी पालिका परिवारले पालिकाको स्थलगत अबलोकन गराएका थियो । कार्यक्रममा एक अर्को पालिकाले गरेका गतिविधि र मायाको चिनो समेत साटासाट  गरिएको थियो ।