दमक ।
दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न पुजा उद्योग झापाले उत्पादन गरेको बाटेको धुपको लोकप्रीयतासँगै माग बढ्दै गएको छ । धार्मिक मूल्य र मान्यता अनुसार उत्पादन भएको बाटेको धुप झापासहित पूर्वी नेपालका पूजा सामाग्रि पसलदेखि लिएर अन्य पसलहरुमा समेत माग बढ्दो रहेको पाइएको छ ।

धुपी, कपुर, निम सहित बिभिन्न प्रकारका जडिबुटी मिश्रीत बाटेको धुप बिहानको पुजापाठदेखि लिएर कोठाहरुलाई सुगन्धित बनाउनका लागि प्रयोग बढेको हो । दिब्यदृष्टिकी सञ्चालिका बबिता तिम्सिनाका अनुसार ५ दर्जन बढि महिलाहरुले नियमित रुपमा धुप बनाउने गरेका छन् । पछिल्लो समयमा बाटेको धुपको प्रयोग बढ्दो छ, तिम्सिनाले भनिन् ।
दिब्यदृष्टि ब्राण्डको बाटेको धुपको माग र प्रयोग बढेपछि उस्तै प्याकेजिङ बनाएर नक्कली उत्पादन समेत निस्केको भन्ने बजारबाट गुनासो आउन थालेको तिम्सिनाले बताइन् । उनले दिब्यदृष्टि ब्राण्डको बाटेको धुप हो होइन हेरेर किन्न आग्रह गरेकी छन् । बजारमा उस्तै प्याकेटमा नक्कली धुप निकाल्न थालिएको भन्ने सुनिएकाले सचेत भएर प्रयोग गर्न आग्रह छ, उनले भनिन् ।
दिब्यदृष्टि ब्राण्डमा स्वदेशी जडिबुटी प्रयोग गरेर हवन सामाग्रि, स्वदेशमा धार्मिक मूल्यता अनुसारको नवग्रह समिधा, सप्तधान्य, दिब्य समिधा, गोम्रत्र, गंगाजल लगायतका सामाग्रिहरु पनि उत्पादन हुँदै आएको छ । दिब्यदृष्टि ब्राण्ड हेरेर किन्न र पुजा पसलमा गएर दिब्यदृष्टि ब्राण्ड हेरेर लिन उनको आग्रह छ ।