- सुदिप गिरी
हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकामा स्थानीय तहमा सेवा प्रवाह, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया भएको छ। पालिकामा आज (सोमवार) अत्रक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको सभाहलमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल उपरीक्षक तुलबहादुर भण्डारी, नेपाली सेनाका उपरिक्षक प्राजु बस्न्यात र राष्ट्रिय अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक कुलचन्द्र नेपालको आतिथ्यरहेको थियो।
तीनवटै सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक कार्यक्रम र हालको हल्दीबारीको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण सम्बन्धी साथै वडामा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेका र प्राप्तिमा समस्या रहेका बारेमा वडाअध्यक्षहरू र वडा सचिवहरूले बताएका थिए।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबि मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र, वडा नम्बर १, २, ३ र ४ का वडाध्यक्षहरू जनप्रतिनिधिहरु, पालिकाका शाखा प्रमुखहरू, कर्मचारीहरू, वडा सचिवहरु, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष र जनप्रतिनिधिहरूले पालिका क्षेत्र भित्र रहेका समस्याका जिज्ञासा सुझावसहित भनाइहरू राखेका थिए भने सो समस्या, जिज्ञासाका बारेमा सुरक्षा निकायका प्रमुख र प्रजिअ अधिकारीले सम्बोधन र जिज्ञासा शान्त पारेका थिए। कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख राजन न्यौपाने गरेका थिए।