झापा ।
‘सम्पूर्ण झापाली एक हौँ, देश निर्माणमा एक बनौँ’ भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको झापाली समाज कतारको ११ औं अधिबेशन हुने भएको छ । विविध साँस्कृतिक कार्यक्रमसहित आगामी २१ फेब्रुअरी २०२५ मा वेलफेयर रेस्टुरेन्टको सभाहलमा समाजको अधिवेशन हुन लागेको झापाली समाज कतारका कार्यवहाक महासचिव बिमल भारतीले जानकारी दिए ।

झापाली समाज कतारले जब जब देशमा बिपत्ति हुन्छ त्यस्ता हरेक बिपत्ति हरुमा मलमपटि लगाउदै आएको छ । कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित संघ संस्था, बैचारिक संस्था, सामाजिक व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, व्यवसायीहरुलगायत मिडियाकर्मी, पत्रकार, कलाकारहरु सबैलाई पत्राचार गरिसकेको छ ।
बिहान ११ बजेदेखि औपचारिक रुपमा कार्यक्रम शुरु हुनेछ । कतारलाई कर्म थलो बनाई बसेका सम्पूर्ण झापाली तथा गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि अग्रह समेत गरिएको छ । झापाली समाजका हरेक राष्ट्रिय कमिटी अन्तर्राष्ट्रिय कमिटीलाई समेत निमन्त्रणा गरिसकिएको भारतीले बताए ।
कार्यक्रममा स्थापक अध्यक्ष गणेश काफ्ले, झापाली समाज कतारका संरक्षक, सल्लाहकार आजिबन सदस्य, सदस्य गरी ४५२ जनाले बिभिन्न जिम्मेवारी लिएर कार्य सम्पादन गरिरेका छन् । समाजले स्थापना कालदेखि नै धेरै काम गर्दै आएको छ ।
जसमा दोहादेखि नेपाल जान नसक्नेहरुका लागि हवाई टिकट, हस्पिटलमा उपचाररतलाई क्रमश आर्थिक सहयोग, नेपालमा विभिन्न छेत्रमा बालबालिकालाई न्यानो कपड़ा, वृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोगलगायत धेरै छन् ।
झापाली समाज बिशुद्ध सामजिक संस्था हो यसले जात, धर्म, बर्ग, बिचार हेर्दैन झापाली समाज कतार कतारमा मात्रै होइन नेपालमा पनि दर्ता गरिएको संस्था हो । हाम्रो अन्तर्राष्ट्रिय झापाली समाज भनिएर दर्ता गरिएको छ । नेपाली दूतावास कतारमा दर्ता गरिएको छ । एनआरएनएसँग र दूतावाससँग समन्वय गरि काम गर्ने गरिएको छ ।
झापाली समाज कतारले गरेको केही सम्झने कामहरुमा झापामा झापाली समाज कतारको लोगो भएको एम्बुलेन्स आज पनि बिरामी बोकेर कुदिरहेको छ । ०७२ सालको भुकम्पमा रुकुम, रोल्पा, काभ्रे, सिन्धुपाल्चोक गरि अन्य जिल्लाहरुमा प्रेम गिरी र तत्कालीन अध्यक्ष चुडामणि कार्कीको उपस्थितिमा झन्डै ९५ लाख बराबरको खाद्यान्न, लत्ताकपडा र जस्ता पाता वितरण गरिएको थियो ।
कोरोनाका बेला झापाका १५ वटै पालिका गरि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा १५ लाख बराबरको किट, सेनिटाइजरका सामानहरु वितरण गरिएको थियो । एकका लागि एक अभियानमामा अक्सिजन सिलिन्डर उपलब्धसमेत गराएको थियो । पिछडिएका बर्गहरुलाई जनचेतनामूलक, सिपमुलक बनाई आर्थिक रुपमा दरिलो बनाउने झापाली समाज कतारले नजिक हुने र समाजले गरेका सकारात्मक कार्यहरुमा सहयोग पुराउने गरेको छ ।