झापा ।
झापाको अर्जुनधारा नगरपालिका–११ बगानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले गएराति १२ः१५ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का अन्दाजी २९ बर्षिय मनिष प्रधान र सोही स्थानका अन्दाजी ४० बर्षिय बिरेन उराउ छन् । प्रहरीले उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लास्टिक बाहेको १ ग्राम ७२० मिलिग्राम पारेको थियो ।
यसैगरी उनीहरुको साथबाट नेपाली रुपैयाँ नगद.१९ हजार ६००, भारतीय नगद ३७० र आइटिइएल कम्पनीको मोबाईल एक थान फेला परेको थियो । उक्त सामानहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।