झापा । 

झापाको कचनाकवल गाउँपालिकामा गएराति भएको आगलागीमा ७० लाख बराबरको क्षति भएको छ । कचनकवल–६ बनियानी बिशाल बस्तीका कमल  खतिवडाको दुई तले मुनि पक्कि बेरामाथि तल्ला काठको बेरा र टिनको छानो भएको १० कोठे घरमा शनिवार ७ः३५ बजेको समयमा आगलागी भएको थियो । 

घर पुजा कोठामा बालेको दियोबाट आगो सल्कीएर आगलागी भएको हो । उक्त घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।  घर भित्र रहेको धनमालहरु जलेर नष्ट हुँदा ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट नगद एक लाख २५ तोला सुन ४१ लाख ४२ हजार ५००, चाँदी ७५ तोला एक लाख ५०, २ थान एसी एक लाख ६० हजार, २ थान स्मार्ट टेलिभिजन एक लाख ६० हजार, अन्य सामाग्री १० लाख घर १२ लाख ८७ हजार ५०० गरी जम्मा ७० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उक्त आगो इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानिय, भद्रपुर नगरपालिको बारुण यन्त्र, मेचीनगर नगरपालिको बारुण यन्त्र, बिर्तामोड नगरपालिकाको बारुण यन्त्रको सहयोगमा गएराति १० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।