झापा । 

 झापा गाउँपालिका–४ टाघनडुब्बाबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती ब्यक्तिलाई शनिवार साँझ ५ बजे पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का  २४ बर्षिय दिपिन माझी लगाूऔषधसहित पक्राउ परेका हुन् । 

माझीमाथि शंका लागेर चेकजाँच गर्दा उनले गोजी भित्र राखी लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ६२ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध सहित उनलाई नियन्त्रण गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।