झापा । 

वशिष्ठ गोत्रीय भण्डारीहरुका पितृहरुको उद्दारका लागि आगामी चैत १७ गतेदेखि राम नवमीमा समापन गर्ने गरी सप्ताहव्यापी श्रीमननारदीय महापुरान ज्ञान महायज्ञको आयोजना गरिएको छ । वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्यसमितिको बैठकले महायज्ञको आयोजना गरेको हो । महायज्ञा कोटीहोमस्थित आफ्नै आश्रममा सञ्चालन हुनेछ ।

वशिष्ठ आश्रम माइधारमा सम्पन्न वैठकले आगामी चैत्र २३ गते शनिबारका दिन संस्थाको वार्षिक साधारणसभा (अधिवेशन) सम्पन्न गर्ने र नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ । जसका लागि प्राध्यापक मित्रप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरेको छ । जसको सदस्यहरुमा शंकरप्रसाद भण्डारी र टीकाप्रसाद भण्डारी रहेका छन् ।      

बैठकले आगामी चैत्र २ गते शनिबार माइधाम स्थित आश्रममा बस्ने र बैठकमा  निमन्त्रणा वितरण लगायत ब्यवस्थापन सम्बन्धमा आवस्यक छलफल गर्ने निर्णय गरेको छ । जसका लागि जिल्ला शाखा, प्रशाखालाई जानकारी गराउने निर्णय समेत गरेको छ ।