बुट्टाबारी ।
शनिश्चरे माध्यमिक बिद्यालय झापा अर्जुनधारा–८ ले ७७ औं बार्षिक उत्सब सम्पन्न गरेको छ । कार्यक्रममा भर्खरै सम्पन्न राष्ट्रपति रनिङ कपमा स्वर्ण २३, कास्य १२ र रजत ११ पदक प्राप्त गरि प्रथम स्थानमा पुर्याउने विद्यार्थीहरुलाइ सिल्ड ट्रफी प्रदानसँगै नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरि विभिन्न अक्षयकोषबाट विद्यार्थीहरु नगदसहित सम्मानित भएका छन । जसमा छत्र थापा स्मृति पुरस्कारबाट एसइइ २०८० मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी राजेश कुवर र सन्ध्या खतिवडा, लोकनाथ हेमकला स्मृति पुरस्कारबाट एसईइ उत्कृष्ट जिपिए ल्याउने दर्पण आचार्य र सन्ध्या खतिवडा, भिमा स्मृति पुरस्कारबाट सुरज ओलि र सन्ध्या खतिवडा, बिसुजु सेवन्ता अक्षयकोषबाट आयुस्मा सन्योङ्ग, रुद्र तोरण स्मृति पुरस्कारबाट दलित जनजातिबाट कक्षा ६ कि कन्चन बागदास र प्रिती रजक र हरिबिलास बन स्मृति पुरस्करबाट विभिन्न कक्षाका सेमुहाङ्ग्वा सम्वाहाम्फे, बादल बिक,निकिता सापकोटा, मनिष सापकोटा, सरस्वती सिलवाल,अनुस्का निरौला, निश्चल खतिवडा, समिक्षा दनुवार, उमेश राउत, एजिना घिमिरे, दिनेश सापकोटा, दिब्या काफ्ले, प्रियाका यादव, तुलसा तिमसिना साथै उत्कृष्ट चित्रकारमा सन्जोग शिवा नगदसहित सम्मानित भएका छन् ।
यसै गरि लोकनाथ हेमकला स्मृतिकोषमा थप ५० हजारसहित छोरा राजु पौडेलले दुई लाख ५१ हजारको अक्षयकोषका लागि चेक पूर्व शिक्षक एवम् बुबा लोकनाथ पौडेलले हस्तान्तरण गरेका थिए । पूर्व विद्यार्थी एवम् सशत्र प्रहरी नायब महानिरीक्षक कोशी प्रदेश प्रमुख शम्भु सुबेदीले आफ्नो बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै २०८१ बिद्यालय उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुमा सुजन राना, तिलोचन अधिकारी र जगत मोक्तान, शिवजङ्ग गौतम र भवानी गौतम नगदसहित सम्मानित भएका छन् ।
अवकाश भएका शिक्षक रोहित खापाङ्गी, भिमप्रसाद नेपाल समेत दोसल्ला ओडाइ सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न खेल बिधाका प्रशिक्षकहरु हेमनारायण चौधरी, पुजा खवास, रिचा श्रेष्ठ, जीवन राइ, दिपेन दनुवार, लक्ष्मी राजवंशी र विवेक गिरीलाइ लगायत दाताहरूलाई समेत सम्मान गरिएको थियो ।
बिद्यालयको इतिहास बोकेको गितमा विद्यार्थीहरुको नृत्य तथा शिक्षक स्वागत गरिएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तिलचन पाठकले झापा कै दोस्रो स्थापना भएको यस बिद्यालयबाट उत्कृष्ट शिक्षा हासिल गरि बर्तमान प्रतिनिधि सभाको उपसभामुख जस्तो गरिमा स्थान रहेकी इन्दिरा राना मगर सहित राजदुत, राजनीति, सुरक्षा समयन्त्र, डाक्टर, संघ सस्था सहकारी, बैंक प्राचार्य कवि साहित्यकार गायक संगीत आदि क्षेत्रमा आफ्नो नामसहित देशमा सेवा गरिरहेका ब्याक्तित्व जन्माउन सफल बिद्यालयप्रति नमन गर्दै आउँदा दिनमा यस्तै ब्याक्तित्वहरु जन्माउन सफलताको कामनासहित नमुना बिद्यालयको रूपमा स्थापित भैसकेकोमा शिक्षक तथा बिद्यालय ब्यवस्थापन समिति एवम् अब्बल विद्यार्थीहरुलाइ धन्यवाद व्यक्त गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षता संचालित कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक बिनोद प्रसाद गौतमले गरेका थिए भने स्वागत गित जीवन धिताल र सहजीकरण शिक्षक कपिल तिम्सिनाले गरेका थिए ।