हल्दीबारी।
झापा हल्दीबारी गाउँपालिका–५ मा अवस्थित श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई सहुलियतमा विधुतीय इन्डक्सन चुलो वितरण गरेको छ।
समुहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा बिहीवार भएको कार्यक्रममा उपभोक्ताहरुलाई सामुदायिक विधुत उपभोक्ता महासंघसँगको सहकार्यमा उपभोक्तासँग ८ सय संकलन गरी वन समुहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ हजार ७० गरेर ३ हजार ७ सय ५० मुल्य बराबरको चुलो सहुलियतमा उपलब्ध गराएको हो।
ग्यासको तुलनामा ५० प्रतिशत खर्च बचत हुने बताइएको छ। नेपाल सरकारबाट चुलो परिक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्डका भएकाले सुरक्षित रहेको बताइएको छ।
२ हजार वाट तापशक्ति रहेको उक्त चुलोले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विधुत खपत हुने बताइएको छ। उपभोक्ताहरुको वनमा निर्भरता घटाउने र एलपि ग्यासको खपत पनि कम गराउन यो कार्यक्रम ल्याइएको अध्यक्ष मोक्तानले बताएका छन्।