बिर्तामोड ।
‘बोल–राज्य अभियान’को आयोजनामा बिर्तामोडमा भ्रष्ट्राचार विरुद्ध महाकाली–मेची हस्ताक्षर अभियान गरिएको छ । झापाको बिर्तामोड–५ स्थित ग्लोबल आइएमई बैकको कार्यालय अगाडी आज (बिहीवार) सच्चिने कि सक्किने भ्रष्ट्राचार विरुद्ध महाकाली मेची हस्ताक्षर अभियान कार्यक्रम गरिएको हो ।
![](/uploads/advertise/faktalung_1739439957.jpeg)
पहिचाबादी मोर्चाका संघीय सदस्य एवम् देश भक्त श्रमिक मोर्चाका केन्द्रिय उपाध्यक्ष अशोक चेम्जुङको संयोजकत्वमा, देश भक्त श्रमिक मोर्चाको केन्द्रिय महासचिव÷बोल राज्यका केन्द्रिय सदस्य पदम अधिकारी, सोही मोर्चाका मोर्चा केन्द्रिय सचिवहरु शान्ताराम योङ्हाङ, टिकाराम बराईली, तिलक राई साथै मुक्कुलुङ संघर्ष समितिका पूर्व कार्यक्रममा उपस्थित ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
करिव २०÷२५ जनाको उपस्थितिमा सेतो कपडामा हस्ताक्षर गरी शुरु गरेको अभियान आगामी फागुन २२ गतेसम्म यहि स्थानमा निरन्तर गरिरहने बुझिएको बुझिएको छ ।
कार्यक्रममा ७ वटै प्रदेशबट आज एकै पटक हस्ताक्षर अभियान सुरु गरिएको र आउने फागुन २७ गते समाप्त गरि राष्ट्रपतिलाई उक्त हस्ताक्षर संकलन गरि बुझाउने जानकारी दिइएको छ ।