झापा ।

 झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् । बुधवार साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ बर्ष अघिदेखि बस्दै आएका ती ब्यक्त मृत फेला परेका हुन् । 

अन्दाजी बर्ष ७२ का कुमार तामाङ मृत फेला परेका हुन् । एक्लै बस्दै आएका तामाङ आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।