सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले जिम्मेवारी समालेसँगै विभिन्न कामलाई तिव्रता दिइएको छ। नगरपालिकामा विगत २ महिना भन्दा बढीसमयबाट रोकिरहेका विभिन्न कामहरूलाई सहज ढंगबाट निरन्तर अघि बढाईरहेको पाएको हो।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलेको अन्यत्र सरुवा भएसँगै रोकिएर बसेका विभिन्न कामहरूलाई प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यबाट सेवा प्रवाहमा तिव्रता दिएका हुन् ।
गत माघ १४ गते बाट कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समालेसँगै न्यौपानेले कर्मचारीतर्फ विभिन्न शाखा प्रमुखहरुलाई राखेर अहिलेसम्म भएका प्रगति विवरणको जानकारी लिदै आगामी दिनमा नीति नियम संङ्गत सेवा प्रवाहमा छिटो छरितो र चुस्तदुरुस्त गर्न निर्देशन समेत दिनुएका थिए ।
लामो समय सम्म स्थानीय तहको जिम्मेवारी सम्माल्दै कनकाईमा आएका न्यौपानेले बिना कारण कर्मचारीहरुको तर्फबाट सेवा प्रवाहमा ढिलाई गर्न नहुने भन्दै जनप्रतिनिधि, योजनाका काममा विभिन्न उपभोक्ता समिती, ठेकेदार कम्पनी सबैको सहकार्य गरि कामलाई निश्चित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले कनकाईमा जिम्मेवारी सम्मालेपछि अहिले धमाधम योजना सम्झौता, योजनाको अनुगमन, काम सम्पन्न गरेकाहरुको भुक्तानी, विभिन्न समयदेखि रोकिरहेको शिक्षक, कर्मचारीहरुको तलव भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामलाई तिव्रता दिएको पाइएको छ ।
मोरङको लेटाङ नगरपालिकामा दोस्रोपटक २२ महिना कार्यभार सम्हालेपछि न्यौपाने कनकाई नगरमा आएका हुन् । मोरङको सुन्दरहरैंचा नगरपालिका बिराटचोक निवासी न्यौपाने २०५४ साल फागुन १ गते नायब सुब्बा पदबाट गौश्वारा हुलाक कार्यालय काठमाडौंबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनले जिल्ला विकास समिति ललितपुर, पाख्रिबास नगरपालिका धनकुटा, लेटाङ्ग नगरपालिका मोरङ, कानेपोखरी गाउँपालिका मोरङ, मरिण गाउँपालिका सिन्धुली त्यसपछि ५ वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विभिन्न निकाय हुँदै पाँचथर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।
पुनः लेटाङ्ग नगरपालिका मोरङमा २२ महिनासम्म जिम्मेवारी समाल्नु भएका न्यौपाने अहिले गत माघ १४ गते बाट झापाको कनकाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्मालेसँगै आफ्नो अनुभवलाई सदुपयोग गर्दै नगरबासीको हित र विकासमा सदैब हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । प्रशासनिक कार्य सम्पादनमा न्यौपाने भन्छन् ‘जति जिम्मेवार जनप्रतिनिधिको हुन्छ, त्यति त कहाँ कर्मचारीको हुन्छ र ?, तर पनि म आफू जुनसुकै ठाउँमा पुगेपनि त्यहाँ जनप्रतिनिधि ,कर्मचारी, आम नागरिकको सहकार्यमा कामलाई अगाडी बढाउने नै हो ।’ उनले स्थानीय तहमा नगर प्रमुख, उप प्रमुख सहित सबैसँग हातेमालो गर्दै प्रशासनिक र राजनीतिक सन्तुलन कायम गर्न लागि पर्ने प्रतिवद्वता समेत जनाए। कर्मचारीहरूको संस्थागत क्षमता विकास गर्दै सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउदै संस्थागत सुशासनलाई मजबुत बनाउनदै लैजाने समेत उनले बताए ।
उनले फरक प्रसङ्गमा सामाजिक संजाल र मिडियामा नगरको सकारात्मक छवि निर्माण गर्दै नकारात्मक प्रचारलाई न्यूनीकरण गर्ने समेत बताए ।
यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामा जनप्रतिनिधिबाट हुने कामहरू निरन्तर अघि बढीरहेको र अब भने प्रशासनिक कामले पनि गति लिने बताए। अहिले कनकाईमा आफुले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेसगै दुई पटक सम्म कार्यपालिका बैठक बसेको त्यस्तै १७ औं नगरसभा अन्तर्गत बैठक जारी रहेको र आगामी ५ गते सोमबार सार्वजनिक सुनुवाइको कार्यक्रम रहेको समेत न्यौपानेले बताए।