झापा । 

झापामा एक महिला मृत फेला परेकी छिन् । शिवसताक्षी नगरपालिका–११ का धर्मराज सेनेहाङ्ग लिम्बुकी श्रीमती ५८ बर्षिया गंगामाया लिम्बु मृत फेला परेकी छिन् । मंगलबार साँझ ७ः४० बजे उनी मृत अवस्थामा फेला परेकी हुन् । 

घरमा एक्लै बस्दै आएकी उनी आफ्नै पक्कि घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाएर मृत अवस्थामा फेला परेकी पूहरीले जनाएको छ । उनका श्रीमान सिक्किममा रहेको भन्न ेबुझिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय झिलझिलेमा महिला मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुना साथ झिलझिलेबाट खटिएको प्रहरी टोलीले गएर सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । 

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।