झापा । 

झापा गाउँपालिका–५ पन्थपाडा राजबंशीटोलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी शरणामती झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार ती ब्यक्तिलाई पक्राउ गरेको हो । 

 भारतबाट नेपालतर्फ साइकलबाट आउँदै गरेका अर्जुनधारा नगरपालिका–५ का अनिश ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको गोजीमा राखेर लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ६०० मिलिग्राम फेला परेको थियो । उक्त लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।