बिर्तामोड ।
सन्थाल समुदायको महान चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेला भएको भन्दै हल्दीबारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ ।
पालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै भोली (बुधवार) स्थानीय सार्वजनिक बिदा दिएको हो । किच्चकबध स्थलमा परापुर्वकालदेखि नै मनाइदै आएको किच्चकबध मेला पर्ने भएकोले गत विगत वर्षहरु झै यस वर्ष पनि माघ ३० गते बुधवारका दिन पालिकाले स्थानीय बिदा दिएको जनाएको छ ।
स्थानीय बिदाका दिन भोली हल्दीवारी गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरु, शिक्षण संस्था एवं स्वास्थ्य संस्थाहरुमा अर्थात अत्यावश्यक सेवा वाहेक) एक दिनका लागि स्थानीय सार्वजनिक विदा दिने निर्णय सूचन पालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी माघ ३० गते वुधवार हल्दीबारीसहित झापाको बिर्तामोड नगर, वाह्रदशी, हल्दिवारी, झापा र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । आदिवासी जनजातिअन्र्तगत पर्ने सन्थाल समुदायको ‘सोहराय’ पर्व प्रमुख पर्व हो ।