बिर्तामोड । 

आदिवासी सन्थाल जातीको सोहराई पर्वको अवसरमा झापाको बिर्तामोड नगरपालिकाले स्थानीय बिदा दिएको छ ।   बिर्तामोड नगर कार्यपालिकाको  गत माघ २७ गतेको निर्णयानुसार भोली अर्थात माघ ३० गते बुधबारका दिन स्थानीय बिदा दिएको हो । 

बिर्तामोड नगर क्षेत्रभित्रका अत्यावश्यक सेवा बाहेकका नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, सम्पूर्ण शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा एक दिने बिदा दिइएको नगरले एक सूचना जारी गरी जानकारी गराएको छ । 

जारी सूचनामा भनिएको छ ‘स्थानीय सार्वजनिक बिदा दिने निर्णय अनुसार सोहराई पर्वको अवसरमा बिदा दिइएको र सो अवसरमा सम्पूर्ण सम्बन्धित समुदायहरुमा हार्दिक शुभकामना ज्ञापन गर्दछौं ।’